नियम ५४
शेयरमा हक हुने व्यक्ति
मृत शेयरहोल्डरको प्रतिनिधिलाई मात्र सो मृतव्यक्तिको नाममा रजिष्टर भै राखेको शेयरमा हकदार भनी कर्पोरेशनले मान्यता दिनेछ । कुनै शेयर विभिन्न शेयरहोल्डरहरूको नाममा संयुक्त रूपले रजिष्टर भै ती मध्ये कुनै एक जनाको मृत्यु भएमा कर्पोरेशनको वाँकी संयुक्त शेयरहोल्डरहरूलाई मात्र सो शेयरको हकदार मान्नेछ ।
तर सो कुराले गर्दा सो मृत व्यक्तिले अरू व्यक्तिहरूसँग लिई राखेको शेयर वापत निजको चल अचल
सम्पतिमा रहने दायित्वबाट बञ्चित रहेको मानिने छैन ।